+
Search

ताजा अपडेट +

पपुलर +

‘ताराहरू’को ट्रेलर सार्वजनिक

अभिलेख
२०८२ श्रावण २५, आईतवार १७:०५ बजे

आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ।

३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ।

श्रीमानश्रीमतीको सम्बन्धको कथामा आधारित चलचित्रको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा, मेनुका प्रधान र मिरा खड्का लगायतको अभिनय देखिन्छ। यी तीन जनाको त्रिकोणात्मक सम्बन्ध ट्रेलरमा देखिन्छ।

फिल्ममा मेनुका पृथक चरित्रमा देखिएकी छन्। यसअघि क्लासिक पात्रको चरित्रहरुमा देखिने उनी यस चलचित्रमा बोहेमियन अर्थात् सामाजिक/संस्कृतिक रूढीहरू वा परम्परागत अपेक्षामा नबाँधिने, अनौपचारिक तरिकाले जीवन बिताउने पात्रको स्वरूपमा देखिएकी छन्।

साथै फिल्ममा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

यसअघि फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ।

निर्देशक शर्माकै कथा रहेको फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ। फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउने छ। यो एक मानसिक स्वास्थ्यसँग सम्बन्धित कथा पनि भएको निर्देशक शर्माको भनाइ छ।

वेज प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी सेडाईँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।

सरद महतोले छायांकन गरेको फिल्ममा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्स र विपिन स्थापितको साउन्ड डिजाइन रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख