चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ।
समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो।
‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ। उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ संगीत लेखु सहयात्रीकै रहेको छ। गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ।
गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ।
निर्माण टिमले चलचित्र रिलिज डेट पनि घोषणा गरेको छ। ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुनेछ। नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ। यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो ।
प्रतिक्रिया