सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने सरकारले निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो। सोही अनुसार ‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको शर्माले जानकारी दिइन् ।
सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने सरकारकाे निर्णय
२०८० चैत्र ३०, शुक्रबार १६:२६ गते

प्रतिक्रिया