+
Search

ताजा अपडेट +

पपुलर +

आगामी आर्थिक बर्षमा २०० वटा झोलुंगे पुल निर्माण गरिने

अभिलेख
२०८२ असार १८, बुधबार ०९:५२ बजे

सहरी विकास मन्त्रालयले आगामी आर्थिक आर्थिक वर्षमा २००वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण मैनालीले आगामी आर्थिक वर्षमा २०० वटा निर्माण गर्ने योजना बनाइएको जानकारी दिए।

मन्त्रालयले यसै वर्षमा १०० वटा झुलुंगे पुलको मर्मत गर्ने पनि योजना बनाएको छ। ४० वटा पुल बनाउने योजना रहेको पनि मैनालीले जानकारी दिए।

यस्तै १०० किलोमिटर नयाँ सडक निर्माण गर्ने र ३०० किलोमिटर सडक कालोपत्री गर्ने पनि जानकारी मन्त्रालयले जानकारी दिएको छ।

६० वटा स्थानीय तहमा भवन निर्माण गर्ने योजना पनि मन्त्रालयले बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख