+
Search

ताजा अपडेट +

पपुलर +

कम्तिमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन विद्यालयहरूलाई काठमाडौं महानगरको पत्र

अभिलेख
२०८२ बैशाख १७, बुधबार ०६:२५ बजे

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि १० सम्म १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन भनेको छ।

महानगरअन्तर्गतका संस्थागत विद्यालयहरूलाई एक पत्र लेख्दै महानगरले कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत नघट्नेगरी छात्रवृति उपलब्ध गराउन भनेको हो।

जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपिडीत र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने महानगरले भनेको छ ।

महानगरको पत्रमा भनिएको छ,  ‘यस शैक्षिक सत्र २०८२ मा पनि कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा नघट्ने गरी माथि तोकिएबमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति विवरणको व्यवस्था मिलाउनुहुन अनुरोध छ।’

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख