+
Search

ताजा अपडेट +

पपुलर +

१६ पाकिस्तानी युट्युब च्यानलहरू भारतमा प्रतिबन्ध

अभिलेख
२०८२ बैशाख १५, सोमबार ०७:५० बजे

जम्मु कश्मिरको पहलगाममा  आतंकवादी हमलापछि  भारत सरकारले पाकिस्तानका १६ युट्युब च्यानलहरू प्रतिबन्धित गरेको छ।

केन्द्रीय गृह मन्त्रालयको सिफारिसमा उत्तेजक र साम्प्रदायिक रूपमा संवेदनशील सामग्री फैलाएको आरोपमा युट्युब च्यानलहरूलाई प्रतिबन्ध लगाइएको हो। यी च्यानलहरूमा कुल ६.३ करोड सब्सक्राइबरहरू रहेको बताइएको छ।

प्रतिबन्धित च्यानलहरूमा डन न्यूज (१.९६ मिलियन), समा टिभी (१२.७ मिलियन), एआरवाई न्यूज (१४.६ मिलियन), जियो न्यूज (१८.१ मिलियन) लगायतका चर्चित च्यानलहरू छन्। अहिले ती च्यानलहरू हेर्दा “राष्ट्रिय सुरक्षासँग सम्बन्धित सरकारी आदेशका कारण यो सामग्री उपलब्ध छैन” भन्ने सन्देश देखिन्छ।

ब्लक गरिएका च्यानलहरूमा पाकिस्तानी समाचार च्यानलहरू डन, समा टिभी, एआरवाई न्यूज, बोल न्यूज, रफ्तार, जियो न्यूज र सुनो न्यूज लगायतका च्यानल रहेका छन्।

यी युट्युब च्यानलहरूले भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध झूटा, भ्रामक र उत्तेजक प्रचार फैलाइरहेको आरोप लागेको छ।

पहलगाम आक्रमण पछि, भारतले पाकिस्तान विरुद्ध कडा अडान लिएको छ। भारतले सिन्धु जल सन्धि र पाकिस्तानी नागरिकहरूको लागि भिसा सेवाहरू पनि निलम्बन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस आक्रमणमा संलग्न व्यक्तिहरू र उनीहरूका संरक्षकहरूलाई उनीहरूले कल्पना पनि नगरेको तरिकाले सजाय दिइने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख