नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘फेक भिडियो’ बनाएर भ्रम फैलाइएको बताएका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा ‘पैसा जलेको’ भिडियोलाई फेक बताएका हुन् ।
“अहिले जुन भिडियो आएको छ, त्यो फेक हो । फेक भिडियो बनाएर मेरो खिलाफमा काम भएको कुरा अहिले सामाजिक सञ्जाल आइसकेको छ । अरू देशको भिडियो काटेर ल्याएर मेरोमा हालिदिएछ,” उनले भने ।
उनले यसबारे छानबिन गरेपछि थप स्पष्ट हुने बताएका छन् । “फेक भिडियो बनाएर मेरो चरित्रहत्या गर्ने काम भएको छ । यस सम्बन्धमा तत्काल छानबिन होस्,” उनले भने ।
प्रतिक्रिया