+
Search

ताजा अपडेट +

पपुलर +

नेतृत्व हस्तान्तरण गर्न तयार छु- कांग्रेस सभापति देउवा

अभिलेख
२०८२ आश्विन २८, मंगलवार १६:३३ बजे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका छन्।

साथै उनले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताए। केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्ने बताए ।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्त्रण गर्छु भनिसकेको छु’, देउवाले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख