+
Search

ताजा अपडेट +

पपुलर +

बालेन शाह र सुदन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी

अभिलेख
२०८२ आश्विन २६, आईतवार १६:२४ बजे

नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएको छ।

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमै जान उक्साउने, विभिन्न गतिविधि गर्ने, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको भन्दै संघले जाहेरी दिएको हो।

नेविसंघका केन्द्रीयहरू सदस्य मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरेर किटानी जाहेरी दिएको नेविसंघ केन्द्रीय सदस्य अशोकसिंह विष्टले जानकारी दिए।

जाहेरी दर्ता भएको २४ घण्टाभित्र अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही गर्न पनि नेविसंघले अल्टिमेटम दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख