+
Search

ताजा अपडेट +

पपुलर +

हमासले बन्धक बनाएका २० जनाको नामावली सार्वजनिक, विपिनको नाम छैन

अभिलेख
२०८२ आश्विन २४, शुक्रबार ०८:४१ बजे

इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमासले बन्धक बनाएका २० जनाको नामावली सार्वजनिक भएको छ।  जसमा नेपालका विपिन जोशीको नाम छैन।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको अवस्था अहिलेसम्म स्पष्ट नभएको र जानकारी पाउन कोसिस भइरहेको बताएका छन्। विपिन जोशीलाई हमासले गत अक्टोबर ७ मा किबुत्ज क्षेत्रमा बन्धक बनाएको थियो र उनको पछिल्लो अवस्था अज्ञात छ।  सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख