+
Search

ताजा अपडेट +

पपुलर +

आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

अभिलेख
२०८२ आश्विन १, बुधबार ०७:१८ बजे

सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो।

भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो। सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ। यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ। मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख