+
Search

ताजा अपडेट +

पपुलर +

आन्दोलनमा घाइते भएकाहरुलाई अस्पतालमा भेट्न पुगे कुलमान

अभिलेख
२०८२ भाद्र ३०, सोमबार १३:४४ बजे

ऊर्जामन्त्री कुलमान घिसिङ त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

शीतलनिवासमा शपथ ग्रहणलगत्तै मन्त्री घिसिङ आन्दोलनमा घाइते भएकाहरुलाई लाई भेट्न टिचिङ अस्पताल पुगेका हुन्।

भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पर्याइएको थियो।

मन्त्री घिसिङले पदभार ग्रहणअघि नै अस्पताल पुगेर मृतकका आफन्तहरूसँग कुराकानी गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख