+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको राजीनामा माग्दै सुदनले भने- मनलाग्दी गर्ने हो भने हटाउन पनि सक्छौं

अभिलेख
२०८२ भाद्र ३०, सोमबार ०८:०८ बजे

मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्रीको राजीनामा मागगेका छन्।

समुहले राजिनामा माग्दै आइतबार राती बालुवाटार अगाडि नाराबाजी गरेको थियो।

गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन्। ‘सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री भन्दै,’ उनीहरू आक्रोशित भएका थिए। आन्दोलन अपहरणमा परेको भन्दै उनीहरूले त्यस्तो नगर्न चेतावनी समेत दिए।

‘हामीले नै प्रधानमन्त्री बनाएर यहाँ ल्याएका हौ,’ सुदनले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै भने, ‘यस्तै हो भने हटाउन सक्ने क्षमता पनि राख्छौ।’

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख