+
Search

ताजा अपडेट +

पपुलर +

कस्तो रहला तपाँइको आजको राशिफल

अभिलेख
२०८२ भाद्र २३, सोमबार ०७:३८ बजे

वि.सं.२०८२ साल भाद्र २३ गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा, ४१ घडी १७ पला, बेलुकी १० बजेर १७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाभाद्रपदा, ४० घडी ५३ पला, बेलुकी १० बजेर ७ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–धृति, ८ घडी ७ पला, बिहान ९ बजेर १ मिनेट उप्रान्त शूल । करण–बालव, बिहान ११ बजेर ६ मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ, बेलुकी ४ बजेर २१ मिनेट उप्रान्त मीन । सोह्र श्राद्ध प्रारम्भ । प्रतिपदा श्राद्ध ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १३ पला ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
परिवार र समाजमा प्रशंसनीय काम गरेर चर्चामा आउन सकिनेछ। पैतृक सम्पत्ति वा धनको सदुपयोगले आम्दानी बढ्नेछ। सानो लगानीबाटै व्यापार वा शेयर बजारमा राम्रो नाफा कमाइनेछ। भौतिक स्रोतसाधन उपलब्ध भएपछि दैनिकी सहज बन्नेछ। पढाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात लाग्नेछ। साँझतिर प्रेम सम्बन्ध प्रगाढ हुने र यात्रा तथा रमाइलोमा समय बित्ने संकेत छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यापार र शेयर बजारबाट राम्रो आम्दानी हुनेछ। कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जीवनस्तरमा सुधार आउनेछ। रोजगारी पाउने वा पदोन्नति हुने सम्भावना छ। भूमि, सवारीसाधन तथा पैतृक सम्पत्तिमा वृद्धि हुनेछ। आफ्नै मेहनतको फलस्वरूप जीवनशैलीमा प्रगति हुनेछ। आमाबुबाको सहयोगले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। अध्ययनमा रुचि बढ्ने भएकाले सकारात्मक नतिजा पाउनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
प्रविधिको सहायताले आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ। धार्मिक स्थल र मन्दिर भ्रमण गरी प्रसाद ग्रहण गर्ने अवसर पाइनेछ। प्रेम सम्बन्धमा साथ पाई रमाइलो यात्रामा जाने समय हुनेछ। खाद्यान्न, निर्माण सामग्री र अटो पार्टसको व्यापारमा वृद्धि हुनेछ। अध्ययन वा रोजगारीका लागि विदेश जाने योजना सफल हुनेछ। विश्रामसँगै यात्राको अवसर प्राप्त हुनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
पढाइमा समय दिन नसक्दा पछि पर्नुपर्ने चिन्ता सताउन सक्छ। सवारी साधन चलाउँदा वा प्रयोग गर्दा दुर्घटनाको सम्भावना भएकाले सजग रहनुपर्छ। व्यवसायमा ध्यान दिन नसक्दा घाटा बेहोर्नु पर्न सक्छ। प्रेममा धोका र दाम्पत्य जीवनमा मनमुटाव हुनसक्छ। आफन्त र साथीभाइसँग असमझदारी बढ्ने योग छ। साँझतिर यात्राको अवसर पाइए पनि सावधानी आवश्यक छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आर्थिक पक्ष मजबुत बनेर जीवनशैली ऐश्वर्यमय हुनेछ। नयाँ कामबाट आम्दानी बढ्न सक्छ र स्थायी सम्पत्ति जोड्न सकिनेछ। प्रियजनसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। परिवारसँगै स्वादिष्ट भोजन गर्ने मौका जुर्नेछ। पढाइमा उत्कृष्ट उपलब्धि हासिल गर्दै अघि बढ्न सकिनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पुराना विवादहरू साम्य भई न्यायिक निर्णयमा लाभ हुनेछ। पढाइमा प्रतिस्पर्धीलाई पछाडि पार्दै उत्कृष्ट नतिजा हात लाग्नेछ। प्रेम सम्बन्ध प्रगाढ भई वैवाहिक जीवनमा सहयोगी वातावरण बन्नेछ। ऋण, रोग वा संकट सामना गर्ने साहस बढ्नेछ। व्यापार, शेयर बजार र उत्पादनमुखी कार्यमा लाभ हुनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सबैको सहयोगले काम गर्ने उत्साह बढ्नेछ। सामाजिक कार्यमा सक्रिय रहँदा सम्मान प्राप्त हुनेछ। व्यापारमा लगानी गर्दा मनग्गे आम्दानी हुनेछ। पढाइमा सुधार भएर आफन्त खुसी हुनेछन्। प्रेममा सामिप्यता बढ्नेछ। प्रविधिको प्रयोगले अध्ययन वा काममा सजिलो हुनेछ। वंशवृद्धि र सन्तानको प्रगतिमा खुसी पाइनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
कृषि र पशुपालनबाट मनग्गे आम्दानी हुनेछ। अध्ययन वा कामका सिलसिलामा आमा वा आफन्तबाट टाढिनुपर्दा मन खिन्न बन्नेछ। जग्गा तथा सवारीसाधनको कारोबारबाट राम्रो नाफा पाइनेछ। प्रेम सम्बन्धमा टाढै बस्नु उपयुक्त हुनेछ, नजिकिँदा विवाद हुन सक्छ। अरूको काममा लाग्दा आफ्नै काम थाती रहनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
छोटो यात्रामा रमाइलो हुनेछ र नयाँ साथीभाइ भेटिनेछन्। प्रेम सम्बन्धमा सुधार भई आपसी समझदारी बढ्नेछ। आम्दानी बढाउने कामहरू समयमा सम्पन्न भई आर्थिक स्थिति मजबुत हुनेछ। दाजुभाइको सहयोगले राम्रा उपलब्धि हासिल हुनेछ। विवादित विषयहरूमा अनुकूलता देखिने भएकाले मन प्रसन्न हुनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापारबाट प्रशस्त आम्दानी हुनेछ र नयाँ शेयरमा लगानी गर्ने अवसर मिल्नेछ। लिएको ऋण वा सम्पत्ति फिर्ता आउने सम्भावना छ। पढाइमा मन लगाएर उत्कृष्ट परिणाम पाउनेछ। गीतसंगीत र मोडलिङमा लागेकाहरूका लागि समय फलदायी हुनेछ। परिवारसँगै मिठा परिकार खाई रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
मिष्ठान्न भोजन, आकर्षक वस्त्र र उपहार प्राप्त हुनेछ। व्यापार वा शेयर बजारमा लगानीले नयाँ आम्दानीका स्रोत फेला पर्नेछन्। बोलेरै काम सफल बनाउन सकिनेछ। कार्यक्षेत्रमा तपाईँको योगदान देखेर सबै प्रशन्न हुनेछन्। प्रेममा आत्मीयता बढ्नेछ र वैवाहिक जीवनमा सहयोगी वातावरण रहनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पढाइमा भनेजस्तो प्रगति गर्न कठिन हुनेछ। खानपान र स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्या आउन सक्छ। प्रेममा धोका वा विश्वासघात भोग्नुपर्ने संकेत छ। काममा लापरबाही गर्दा जरिवाना वा सजाय भोग्नुपर्ने अवस्था आउन सक्छ। यद्यपि विदेशी सामानको व्यापार फस्टाउनेछ। लामो दूरीको यात्रा हुनेछ र विदेशमा बस्नेहरूका लागि समय लाभदायी हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख