+
Search

ताजा अपडेट +

पपुलर +

खुकुरी प्रहार गर्ने तीन जना भारतबाट पक्राउ

अभिलेख
२०८२ भाद्र २२, आईतवार ११:५६ बजे

साउन १२ गते बौद्धको बाहुनाधारामा एक युवामाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्नेहरू भारतमा प्रकाउ परेका छन् । युवा मोटरसाइकलमा आइरहेको बेला अन्धाधुन्ध खुकुरी प्रहार गरिएको थियो । उक्त घटनामा सलग्न तीन जनालाई भारतमा पक्राउ परेर काठमाडौं ल्याइएको छ ।

स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरुलाई काठमाडौं ल्याएको हो ।

१२ साउनका राति राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएको थियो ।

काभ्रेको रोशी गाउँपालिका १० घर भएका उनी गम्भीर घाइते भएका थिए । यही घटनामा संलग्नहरुलाई भारतमा पक्राउ परेर काठमाडौं ल्याएको हो । यसमा संलग्न तीन जनालाई दिल्लीबाट काठमाडौं ल्याइएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख