चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ।
सोमबारबाट सुरु सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन्। सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन गएका थिए ।
शांघाई सहयोग संगठन (एससीओ) क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना भएको थियो । यस संगठनमा १० देशहरु सदस्य छन् ।
यस संगठनमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् । नेपाल सन् २०१६ देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो ।
भदौ १५ र १६ गते आयोजना गरिएको यस सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता भएको पहिलोपटक हो । यस सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा छलफल हुने छ ।
प्रतिक्रिया