+
Search

ताजा अपडेट +

पपुलर +

नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिए शपथ

अभिलेख
२०८२ श्रावण २०, मंगलवार १८:०६ बजे

बागमती प्रदेश सरकारकाे नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।

बागमतीकाे छैठाैं मुख्यमन्त्रीकाे रूपमा आज मंगलबार दिउँसाे नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले पद तथा गोपनियताको शपथ गराएका हुन्।

मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलवार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन छ।

बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि लामा मुख्यमन्त्री बनेका हुन्। नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजाे साेमबार नेपाली कांग्रेस र नेकपा एमालेकाे संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए । उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ।

यसअघि बागमतीको मुख्यमन्त्रीमा  डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख