+
Search

ताजा अपडेट +

पपुलर +

कक्षा १२ को नतिजा प्रकाशन, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

अभिलेख
२०८२ श्रावण १९, सोमबार २०:२२ बजे

कक्षा १२ को नतिजा प्रकाशन भएको छ।

सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ।

वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका विद्यार्थी सहभागी थिए।

नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए।

त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए।

नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिन्छ।

यसैगरी एसएमएस सेवा अन्तर्गत ‘NEB’ पछि स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख