+
Search

ताजा अपडेट +

पपुलर +

दुई वर्षको सम्झौता गरेर सावित्राले न्युजिल्यान्डको ए लिग खेल्ने

अभिलेख
२०८२ श्रावण १, बिहीबार १५:२४ बजे

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले ‘साम्बा’ न्युजिल्यान्डको ए लिग खेल्ने भएकी छन्।

नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर भण्डारी वेलिङटन फोनिक्समा आबद्ध भएकी छन्। बिहीबार वेलिंगटन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ति जारी गर्दै सावित्रासँग दुई वर्षको सम्झौता गरेको बताएको छ।

साम्बा सिजन २०२५-२६ का लागि क्लबमा आबद्ध भएकी हुन्।

यसअघि सावित्राले फ्रान्सको महिला लिग खेलेकी थिइन्।दुई सिजन फ्रान्स खेलेकी सावित्राले त्यसअघि इजरायलमा खेलेकी हुन्। त्यसअघि उनले भारतीय लिग खेलेकी थिइन्।

भफोनिक्सका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनलाई महत्त्वपूर्ण कदम भएको बताएकी छन्। ‘हामी सावित्रालाई स्वागत गर्न पाउँदा गर्वित छौं। उनले फ्रान्समा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन्। ‘उनको अनुभव, नेतृत्व र क्षमताले हाम्रो टोलीलाई बलियो बनाउनेछ,’ उनले भनिन्।

साम्बाले क्लबमा आबद्ध हुन पाउँदा उत्साहित रहेको बताएकी छन्। ‘म वेलिङटन फोनिक्समा आउन पाउँदा निकै उत्साहित छु। धेरै गोल गर्दै समर्थकलाई खुशी बनाउन चाहन्छु, जब मैले फोनिक्सको आगामी सिजनका लक्ष्यबारे सुनें, टोलीमा सामेल हुने निर्णय गर्न मेरो लागि सजिलो भयो,’ उनले भनीन्।

उनले आजै गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै क्लबलाई २ वर्षको सहयात्राका लागि धन्यवाद पनि दिएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख