+
Search

ताजा अपडेट +

पपुलर +

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

अभिलेख
२०८२ असार ७, शनिबार १२:१३ बजे

चितवन- चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।

धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो आपसमा ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

दुर्घटनामा परी २० जना घाइते भएका थिए। घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। मृतकको सनाखत हुन बाँकी छ।

दुवै सवारी साधन सडकमै रहेकाले अहिले राजमार्गबाट आवागमन ठप्प भएपनि अहिले डाइभर्सन बनाएर सवारी साधन आवतजावत गर्ने प्रबन्ध मिलाइएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख