+
Search

ताजा अपडेट +

पपुलर +

४ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति माग

अभिलेख
२०८२ असार ४, बुधबार ०९:१९ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको छ।

पाटन, पोखरा, कर्णाली तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।

यी प्रतिष्ठानमा उपकुलपति सिफारिस समितिको सचिवालयले ७ दिनभित्र आवेदन मन्त्रालयमा रहेको समितिको सचिवालयमा पेस गर्न आह्वान गरिएको छ।

आवेदकले स्वास्थ्य मन्त्रालयसमक्ष सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा उल्लेखित योग्यता अनुसारका प्रमाणपत्र, निवेदनपत्र र कार्ययोजना पेस गर्नुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख