+
Search

ताजा अपडेट +

पपुलर +

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैँया (पूर्ण पाठ)

अभिलेख
२०८२ जेष्ठ १५, बिहीबार ११:३९ बजे

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो।

‘आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ,’ अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भने।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ रू चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रू १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट रू ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ। बाँकी रू पाँच खर्ब ९५ अर्ब ६६ अर्ब बराबर न्यून हुनेछ।

त्यसका लागि आन्तरिक ऋणबाट रू तीन खर्ब ६२ अर्ब र बाह्य ऋणबाट रू दुई खर्ब ३३ अर्ब ६६ करोड व्यहोरिने अर्थमन्त्री पौडेलले बताए।

 

Open in Google Drive

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख