+
Search

ताजा अपडेट +

पपुलर +

संविधान दिवसमा आममाफी पाएर छुटेपछि ३ जनाको हत्या

अभिलेख
२०८२ जेष्ठ १४, बुधबार ०८:३१ बजे

रूपन्देहीको बुटवलमा एक व्यक्तिले तीन जनाको हत्या गरेका छन्।

बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो।

दिपाका पूर्वपति सुजन कोइरालाले आफ्नै घरमा बोलाएर तीनै जनाको हत्या गरेको आरोप छ।

सुजनसँग सम्बन्ध विच्छेदपछि अर्कै व्यक्तिसँग विवाह गरेर गएकी दीपालाई कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए। दुवै छोरीहरू दीपा र उनका हालका श्रीमानतर्फका हुन्।

कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख