काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका तर्फबाट दयार गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ।
रविको निवेदन सुनुवाइ गरिरहेका न्यायाधीश डा नहकुल सुवेदी संवैधानिक इजलासमा बस्न परेका कारण रविको रिटमाथि सुनुवाइ रोकिएको हो। मंगलबार उक्त रिटमाथि सुवेदीसहित न्यायाधीश बालकृष्ण ढकालको इजलासमा भएको थियो।
बुधबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ।
२०८२ वैशाख ७ गते रवि लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको यो रिट पटकपटक हेर्न नमिल्नेमा पर्दै आएको छ। यो रिटमाथि मंलगवार दोस्रो पटक सुनुवाइमा परेको हो।
२०८२ वैशाख ८ गते हरिप्रसाद फुयालको इजलासमा परेको यो मुद्दा पहिलो पटक हेर्न नमिल्नेमा परेको थियो।
२०८२ वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले पहिलो पटक सुनुवाइ गर्दै कारणदेखाउ आदेश गरेको थियो।
२०८२ वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारणदेखाउ आदेश गरेको थियो।
२०८२ वैशाख २८ गते सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको मुद्दा फेरि पनि हेर्न नमिल्नेमा पर्न गयो।
२०८२ वैशाख ३० गते हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले पनि हेर्न नमिल्ने मा यो मुद्दालाई राखेको थियो।
यस्तै २०८२ वैशाख ३१ गते नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले फेरि हेर्न नमिल्नमा राख्यो ।
२०८२ जेठ ४ गते डा मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा परेको यो मुद्दा फेरि हेर्न नमिल्नेमा राखियो।
०८२ जेठ ५ गते प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासमा परेको यो रिटको सुनुवाइ हेर्न नमिल्ने भएपछि पुन स्थगन भएको थियो।
प्रतिक्रिया