+
Search

ताजा अपडेट +

पपुलर +

पाकिस्तानबाट नेपाली बिद्यार्थीहरुको उद्धार गर्न रास्वपाको माग

अभिलेख
२०८२ बैशाख २६, शुक्रबार ०६:४९ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पाकिस्तानबाट नेपाली बिद्यार्थीहरुको उद्धार गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद  मनिष झाले पाकिस्तानबाट ८० जना नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भारत र पाकिस्तान युद्धतर्फ बढेको उल्लेख गर्दै ८० विद्यार्थीको उद्धार गर्न माग गरेका हुन्। ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनको माग छ।

नेपाल आतंकवादको विपक्षमा रहेको भन्ने लिखित वक्तव्य सरकारले जारी गरेको भन्दै उनले त्यसको प्रशंसा पनि गरे। ‘परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भए पनि, हिजो साँझ व्यक्तव्यमार्फत सार्वजनिक गरेको ‘आतंकवादविरुद्धको अडान’को स्वागत गर्दै, भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावसम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु,’ उनले भने।

त्यस्तै अर्का सांसद शिषिर खनालले पनि विद्यार्थीहरुको उद्धार गर्न माग गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख