वामपन्थी नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि सुरु गरिएको छ। उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका हुन्।
स्वर्गीय नेपालले मंगलबार नर्भिक अस्पतालमा निधन भएपछि एमाले कार्यालय राख्ने भन्नेबारे नेताहरूबीच छलफल भएको थियो। तर, नेता नेपालले आफ्नो मृत्युपछि कुनै पनि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलिका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो।
कुनै पनि पार्टीकरण नगर्ने र झण्डा नओढाउने भनेपछि श्रद्धाञ्जलिका लागि नराख्ने कुरा भएको एमालेका एक नेताले जानकारी दिए।
नेपाललाई राष्ट्रिय सम्मान दिने निर्णय सरकारले गरेको छ।
प्रतिक्रिया