नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खतिवडाले दिनैपिच्छे बानेश्वरमा नारा जुलुस लगाउनुपर्ने, गीत गाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन्। हरेकदिन नाराजुलुस लगाउनुपर्ने, गीत गाउनुपर्ने, पानीको फोहोराले हान्नुपर्ने जस्ता समस्याको समाधान गर्नुपर्ने उनले बताए। शिक्षकहरुलाई तत्काल विद्यालय पठाउने वातावरण सृजना गर्नुपर्ने उनले बताए।
प्रतिक्रिया