नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दशकअघि भूकम्पले ध्वस्त बनाएको बारपाक पुगेका छन्।
प्रचण्डसहित माओवादी नेताहरुले शुक्रबार बिहान मर्निङ वाक गरेका हुन्। १२ वैशाख २०७२ मा बारपाक केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प आएको थियो। भूकम्पमा परेर देशभर झन्डै ८ हजारको ज्यान गएको थियो भने बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए।
बिहीबार गोरखाको बारपाक पुगेका प्रचण्डले माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सामूहिक छलफल गरेका थिए।
प्रतिक्रिया