नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका छन्।
बिहीबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित समारोहमा शिक्षामन्त्री पन्तले सपथ लिएका हुन्। राष्ट्रपति पौडेलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शिक्षामन्त्री नियुक्त गरेका थिए।
सोमबार निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि रघुजीलाई शिक्षामन्त्रीका रुपमा नियुक्त गरिएको हो। विद्यालय शिक्षा ऐन, शिक्षकहरुको आन्दोलनलगायतका कुरामा प्रधानमन्त्री ओलीसँग असहमति बढेपछि उनले राजीनामा दिएको चर्चा छ।
प्रतिक्रिया