शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न गृहमन्त्री रमेश लेखकले आग्रह गरेका छन्।
बुधबार सुरक्षा बिटमा कार्यरत पत्रकारसँगको भेटमा उनले सरकारमा कुनै समस्या नभएको बताए। गभर्नर सिफारिसका लागे बनेको कमिटीको एक सदस्यले राजीनामा गरेकाले त्यसलाई पूर्णता दिएर आउने बैठकमा छलफल गरेर पूर्णता दिइने लेखकले बताए।
गृहमन्त्री लेखकले गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको जानकारी दिए। उनले सुरक्षा व्यवस्था कायम गर्न अपनाइएका विधिका बारेमा पनि प्रहरीले आन्तरिक छानबिन गरिरहेको स्पष्ट पारे।
प्रतिक्रिया