+
Search

ताजा अपडेट +

पपुलर +

अवरुद्ध नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालन

अभिलेख
२०८२ बैशाख १०, बुधबार ०३:५२ बजे

सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए।

हाल दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख