+
Search

ताजा अपडेट +

पपुलर +

कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

अभिलेख
२०८१ बैशाख १८, मंगलवार ११:२४ गते

भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

सोमबार सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ। कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख