+
Search

ताजा अपडेट +

पपुलर +

आज र भोली बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधि खुवाइदै

अभिलेख
२०८१ बैशाख ६, बिहीबार ११:१० गते

सरकारले वैशाख ६ र ७ गते (आज र भोली) बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार  भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ। विभागले  ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाएकाे छ ।   ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइदै छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइदै छ । ‌

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख