काठमाडौं- पाँच वर्ष लगाएर एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र‘ सलिना’ को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्म अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । ट्रेलरमा एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । चलचित्रलाई ब्याङ्कटेस इन्टरटेन्टमेन्ट प्रालिको तर्फबाट मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।
सलिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको चलचित्र हो । “यो सम्पूर्ण रुपमा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म भएको बताइएको छ। यस चलिचित्रमा पार्श्व आवाज मानिसको राखिएको छ । त्यसबाहेक अन्य सबै पात्रहरू एनिमेसन प्रविधिबाट तयार पारिएको जनाइएको छ।
यस चलचित्र तेजस राज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । त्यस्तै श्रुति र शिव पुरीले सम्पादन गरेका छन् । ग्राफिक आर्टमा भने सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको योगदान छ । नेपालको पहिलो एनिमेटेड चलचित्र दाबी गरिएको सलिना काल्पनिक राजकुमरीको कथामा आधारित छ । सानो टिम भएकाले चलचित्र निर्माण गर्न पाँच वर्ष लागेको निर्माण पक्षले जनाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal