dengue

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत इलिमिनेटर राउन्डको खेलमा कर्णाली याक्स विजयी हुँदै क्वालिफायरमा प्रवेश गरेको छ।

यो स‌ंगै चिनवन राइनोज एनपीएलबाट बाहिरिएको छ।

Jhada

१७६ रनको लक्ष्य पछ्याएको चितवनलाई कर्णालीले २१ रनले पराजित गरेको हो।

चितवनका राइनोजका रवि बोपाराले खेलमा अर्धशतक पूरा गरे। उनले ३४ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा उनले ५३ रन जोडर आउट भए।

बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

खेलमा कर्णालीका विलियम बोसिस्टोले अर्धशतक पूरा गरेका थिए। उनले ३ चौका र २ छक्काको मद्दतमा ३९ बलमा ५२ रन जोडका थिए।

यसअघि आजकै खेलमा जयकिसन कोलसावालाले पनि अर्धशतक पूरा गरेका थिए। ३९ बलमा ६ चौका र २ छक्काको मदतमा उनले ५३ रन बनाएका थिए।

कर्णाली याक्सका चाडविक वाल्टन भने ४ रनले अर्धशतक बनाउनबाट चुके। बलिङतर्फ चितवनका सोयल तनवीरले २ विकेट लिँदा शरद भेस्वाकर, रवि बोपारा र कुशल मल्लले समान एकएक विकेट लिएका थिए।

यो खेलबाट जित्ने टोली क्वालिफायर राउन्डमा पुग्नेछ।

बुधबारै क्वालिफायर राउन्डको पहिलो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच दिउँसो १ बजे सुरु हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय