dengue

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा हाजिर गराइएको छ।

सहकारी संस्थाको रकम अपचलन, कीर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति छैटौँपटक म्याद थप गर्न उनलाई अदालतमा पेस गरिएको हो।

Jhada

उनीमाथि अनुसन्धानका निम्ति पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपिएको थियो। उक्त अवधि आइतबार सकिने भएकाले उनलाई फेरि अदालतमा लगिएको हो।

लामिछानेलाई थप १३ दिन म्याद थप गर्न प्रहरीले अदालतसँग अनुमति माग गरेको छ। उनीमाथिको अनुसन्धान नसकिएको भन्दै कास्की प्रहरीले थप म्याद माग गरेको हो।

गत कात्तिक २ गते रवि काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता उनी लगातार प्रहरी हिरासतमा छन्।

कास्कीबाटै उनलाई रुपन्देही, काठमाडौँ र चितवन पुर्‍याइएको छ।

कास्की प्रहरीले यतिबेला उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ।

रविलाई पक्राउ पर्सा जिल्ला अदालतले पनि अनुमति दिइसकेको छ। कास्की अदालतबाट म्याद थपको अनुमति लिएपछि प्रहरीले रविलाई पर्सा पुर्‍याउने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय