नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष दिएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनायो। कर्णालीका लागि ओपनर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनको एनपिएलमा यो पहिलो अर्धशतक हो । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।