काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवानापत्र पठाएको छ।

भौतिक रूपमा जरिमानापत्र एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाइएको महानगरले जानकारी दिएको छ। आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता पठाइदिएको थियो।

शुक्रबार दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै एमालेले पत्र अस्वीकार गरेको थियो। ‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले बताए।

एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो। एमालेले भने काठमाडौँ महानगरको पत्र स्टन्ट मात्र भएको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय