नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्र विक्रम चन्द(विप्लव) का कार्यकता सवार बस दुर्घटनामा परेको छ ।
कैलालीको घनगढीमा आयोजित चन्दको कार्यक्रममा सहभागी भएर फर्किएका व्यक्ति चढेको बस कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–११ स्थित कलुवापुरमा दुर्घटना भएको हो ।
ना ४ ख ७७५५ नम्बरको उक्त बस यात्रु विप्लवकका कार्यकर्ता लिएर महेन्द्रनगर जाँदै थियो ।
बसमा ३१ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार २ जना गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य छ । घाइतेको अत्तरियास्थित पदमा अस्पताल र महेन्द्रनगरको मन्त्र अस्पताल उपचार भइरहेको छ ।
अर्काे बसलाई ओभरटेक गर्न खोज्दा अनियन्त्रित भई सडक किनारमा पल्टिएको यात्रुलाई उद्धृत गर्दै प्रहरीले बताएका छन् ।