नेपालले बंगलादेशमा बिजुली निर्यात सुरू गरेको छ।

शुक्रबार (आज) देखि विद्युत निर्यात सुरू भएको हो। ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरू गरेका हुन्।

शुक्रबार ४० मेगावाटबाट सुरू हुने निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ।

असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले आज ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो।

यसअघि भारतले सम्झौताबमोजिम स्वीकृति नदिँदा बिजुली बंगलादेश निर्यात सुरु गर्न सकिएको थिएन। अहिले भारतले स्वीकृति दिइसकेकाले नेपालले बंगलादेश बिजुली पठाउने भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार यस वर्षका लागि आज (कात्तिक ३० गते) दिन मात्र बिजुली बंगलादेश पठाउन लागिएको हो। शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी प्राधिकरणका कार्यकारी कुलमान घिसिङको उनको भनाइ छ। प्राधिकरणका अनुसार २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न लागिएको हो।

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५-नोभेम्बर १५सम्म पााच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँमा हुँदै आएको छ ।प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रूपैयाँ) पाउने छ । बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ ।

मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।
त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो ।

कानुनमा भएको व्यवस्थाबमोजिम बीपीडीबी १६ पुस २०८०मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृति भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।

६ वर्षको गृहकार्यपछि नेपाल र बंगलादेशबीच विद्युत् बिक्री सम्झौता (पीएसए) कार्यान्वयन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय