आइतबार सेयर बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको छ।
आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ।
नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो। सो पश्चात् बजार २० मिनेटका लागि बन्द भएको छ।