इम्प्याक्ट नेपालले २८ औं बार्षिक साधारणसभामा संस्थालाई योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको छ।
अपांगता रोकथाममा काम गर्दै आएको यस संस्थाले इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत राम बहादुर बोगटी सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा कानको घुम्ती शल्यक्रिया शिबिरमा योगदान पुर्याउनु हुने त्रिभुवन शिक्षण अस्पताल काठमाडौका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा हिमपाली दत्त, इम्प्याक्ट नेपाल रुङटा वेलफेयर कान उपचार केन्द्रका कान सहायक आयुश बर्मा र इम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र, राजबिराजका अडियोमेट्रीसियन नरेश कुमार यादव रहेका छन्। इम्प्याक्ट नेपालले देशका विभिन्न क्षेत्रमा कान उपचार केन्द्रहरु संचालन, सुरक्षीत मातृत्व कार्यक्रम, शुद्द पिउने पानी, किचेन गार्डेन, धुवारहित चुलो, स्वास्थ्य सम्बन्धि तालिम तथा विभिन्न जिबिकोपार्जन सम्बन्धि तालिमसमेत सन्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय