dengue

संसारमा आजबाट जन्मिने बच्चाहरूलाई नयाँ पुस्ताको नयाँ नाम दिइँदैछ।

सन् २०२५ जनवरी १ देखि जन्मिने नयाँ पुस्ताको नाम ‘बिटा जेनेरेसन’, छोटकरीमा जेन-बिटा रहनेछ। अबको १४ वर्षसम्म जन्मिनेहरूले यही नाम पाउनेछन्।

Jhada

जेनेरेसन अल्फा र जेनेरेसन जेडपछि अब आउने नयाँ पुस्तालाई जेनेरेसन बेटा भनिनेछ। २०२५ देखि २०३९ को बीचमा जन्मिने बच्चाबच्ची यो पुस्तामा समेटिनेछन् ।

प्रविधि क्षेत्रमा भएको तीव्र प्रगति, सामाजिक चुनौती र विश्वव्यापी परिवर्तनको आकार लिने संसारमा हुर्किने भएकाले यस पुस्तालाई जेनेरेसन अर्थात् जेन बेटाले परिभाषित गरिएको हो।

त्यसपछि, सन् २०४० देखि फेरि अर्को पुस्ता सुरू हुनेछ।

 

जेनेरेसन बेटा को हुन् ?

सामाजिक अनुसन्धानकर्ता मार्क म्याक्रिन्डलले जेनेरेसन अल्फा शब्दको सिर्जना गरेका थिए। जेन-बिटा नाम मार्कले जेन-अल्फा जस्तै ग्रीक व्यञ्जन वर्ण (अल्फाबेट) बाट लिएका हुन्। ग्रीक व्यञ्जन वर्णमा २४ वटा अक्षर हुन्छन् जसको पहिलो अक्षर अल्फा हो भने दोस्रो बिटा हो।

सन् २०३५ सम्ममा जेनेरेसन बेटाले विश्वव्यापी जनसङ्ख्याको १६ प्रतिशत भाग ओगट्ने उनले भविष्यवाणी गरेका छन् ।

तस्वीरः मार्क म्याक्रिन्डलको ब्लग

तस्वीरः मार्क म्याक्रिन्डलको ब्लग

“जेनरेसन अल्फाले स्मार्ट प्रविधि र एआईको उदय अनुभव गरेको छ । जेनरेसन बेटा यस्तो युगमा बाँच्नेछ, जहाँ शिक्षा, कार्यक्षेत्र, स्वास्थ्य सेवा, मनोरञ्जनजस्ता सबै पक्ष पूर्ण रूपमा एआईमय हुनेछन्,” म्याकक्रिन्डलले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेका छन् ।

यता जेनेरेसन बेटा भने अझ बढी इन्टरकनेक्टेड र स्वचालित वातावरणमा हुर्किनेछन् । यसमा एआई, मसिन लर्निङ, स्वचालित जीवन र दिगोपनको प्रयासले आकार दिनेछन्।

विभिन्न जेनेरेसनल लेबलहरू के हुन्?

मानव इतिहासमा नयाँ पुस्ताको सुरूआत भएको भन्दै सन् २०१० पछि जन्मेकाहरूलाई अल्फा नाम दिइएको थियो। अहिले त्यसैलाई निरन्तरता दिएर बिटा नाम राखिएको हो।

जेन-अल्फा अगाडि, सन् १९९७ देखि सन् २००९ सम्म जन्मिएकालाई जेन-जी (जेड) भनिन्छ।

त्यसअघि, सन् १९८१ देखि १९९६ सम्म जन्मेकालाई मिलेनियल्स वा जेन-वाई भनिन्छ।

सन् १९६५ देखि १९८० सम्मकालाई जेन-एक्स भनिन्छ।

सन् १९४६ देखि १९६४ सम्मकालाई बेबी बुमर्स भनिन्छ। यो पुस्ता दोस्रो विश्वयुद्ध सकिएपछिको हो। युद्ध सकिएपछि जन्मदर उच्च भएको थियो। त्यसैले यो अवधिमा जन्मिएकालाई बेबी बुमर्स भनिएको हो। मिलेनियल्सपछि यही पुस्ताको जनसंख्या सबभन्दा धेरै छ। बेबी बुमर्स नामकरणपछि नै पुस्ताहरूको नामले समाजमा व्यापक स्वीकार्यता र चर्चा पाएको पनि मानिन्छ।

सन् १९२८ देखि १९४५ सम्मकालाई साइलेन्ट जेनेरेसन भनिन्छ। कोलोराडो राज्यको जनसांख्यिकीय कार्यालयका अनुसार, चरम आर्थिक मन्दी र दोस्रो विश्वयुद्धको समय बाल्यकाल बिताएकाले उनीहरूलाई अनुशासन र भावनायुक्त नागरिक मानिन्छ। उनीहरूका मूल्य-मान्यता युद्धपछि स्थिरताको आवश्यकताबाट निर्माण भएकाले उनीहरू जीवनप्रति शान्त देखिन्थे। त्यसैले उनीहरूलाई साइलेन्ट (शान्त) जेनेरेसन नाम दिइएको हो।

त्यस्तै, करिब सन् १९०० देखि १९२७ सम्म जन्मेकालाई ग्रेटेस्ट जेनेरेसन भनिन्छ। यो नामकरण हिसाबले सबभन्दा पुरानो पुस्ता हो।

यसरी नामकरण हिसाबले अब आठौं पुस्ता जेन-बिटाको सुरूआत भएको छ।

जेन बिटालाई भर्चुअल वातावरण सामान्य   हुन सक्छ

‘पूर्ण रूपमा स्वचालित यातायात साधन, लगाउने मिल्ने स्वास्थ्य उपकरण र प्रविधि, भर्चुअल वातावरणलाई सामान्य दैनिक जीवनका रूपमा प्रयोग गर्ने पहिलो पुस्ता जेन-बिटा हुन सक्छ,’ मार्कले भनेका छन्।

यो पुस्ताले आधुनिक दुनियाँसँगै जलवायु परिवर्तन र बदलिँदो सामाजिक मूल्य-मान्यताका चुनौती पनि सामना गर्नेछ।

जेन-बिटाको सुरूआतसँगै यसअघिको पुस्ता जेन-अल्फाको विकासक्रम रोकिएको छ। जेन-अल्फा सन् २०१० देखि सन् २०२४ सम्म जन्मिएको पुस्ता हो।

‘जेन-अल्फाले स्मार्ट प्रविधि र एआईको उदय भएको देख्न पायो। अब जेन-बिटाले यसकै युगमा बाँच्न पाउनेछ। उनीहरूको दैनिक जीवनमा यी सबै सामान्य मानिनेछन्,’ मार्क म्याक्रिन्डलले भनेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय