dengue

सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ।

सोमबार साँझदेखि बुद्ध एयरको एटीआर-७२ ले उडान गरेको हो ।

Jhada

नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर)प्रणालीअन्तर्गत कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालीन समयमा पनि अवतरण गर्ने प्रणालीको सुरूवात गरेको छ।

गत शुक्रबार प्राधिकरण र बुद्ध एयरका प्राविधिकहरूको सहभागितामा यहाँ गरिएको परीक्षण उडान सफल भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ सिस्टम (आइएफआर) प्रणाली राखेको छ। आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ। त्यसैले कम भिजिबिलिटी हुँदा र राति पनि उडान गर्न सकिन्छ। यसअघि राजविराज विमानस्थलमा भिजुअल फ्लाइट रूल (भिएफआर) उडान मात्र हुन्थ्यो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सोमबार आइएफआर उडान उद्घाटन गर्दै भने, ‘छायामा परेको राजविराज अब दिउँसो मात्र होइन, राती पनि चल्छ। राजविराजबाट काठमाडौं मात्र नभइ अन्य सहरमा पनि उडान गर्नुपर्छ।’

राजविराजमा सुरू भएसँगै अब रात्रिकालीन उडान हुने विमानस्थलको संख्या दस पुगेको छ। यसअघि तीन अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, चन्द्रगढी र विराटनगरमा रात्रिकालीन उडान हुँदै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय