काठमाडौँ- एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ। आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ।
नेपाल समूह ‘ए’ मा रहेको छ। उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्। नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ। नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ। नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले तथा दोस्रो खेलमा नेपाल कतारसँग ३२ रनले विजयी भएको थियो।
यस्तै हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ। हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो। समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा रहेका छन्।
यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया रहेका छन्। समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ। सो समूहमा कुवेत तेस्रो स्थानमा छ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal