dengue

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा ३२ औँ चरणको खेल सकिँदा उपाधि यात्रा अझ रोमाञ्चक बनेको छ । हिजोको खेलमा लिभरपुल र आर्सनल दुवैले खेलमा पराजय बेहोरेपछि खेल रोमाञ्चक बनेको हो । अर्काे उपाधिको यात्रामा रहेको म्यान्चेस्टर सिटीलेले भने लुटनलाई ५–१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
हिजो आर्सनलले एस्टन भिल्लासँग अन्तिम १० मिनेट बाँकी हुँदा २ गोल आएसँगै ७१ अङ्कसहित दोस्रो स्थानमा छ भने लिभरपुलले क्रिष्टल प्यालेससँग १ गोलले पराजय भएर ७१ अङ्क नै जोड्दै गोलअन्तरले तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको सिटीको भने आर्सनल र लिभरपुलको भन्दा २ अङ्कले बढी ७३ अङ्क छ ।
हिजोको खेलमा आर्सनललाई हराएपछि एस्टन भिल्ला ६३ अङ्कसहित चौँथो स्थानमा रहेको छ । विजेताको होडमा ३ वटा क्लब रहेजस्तै अर्काे सिजनमा च्याम्पियन्स लिगमा पर्नका लागि एस्टन भिल्ला, र टोटनह्यामको उस्तै प्रतिस्पर्धा छ भने युरोपा लिगमा सुरक्षित रहन न्युक्यासल र म्यान्चेस्टर युनाइटेडबिच पनि कडा प्रतिस्पर्धा रहेको छ ।
यस सिजनमा सेफर्ड युनाइटेड रेलिगेसनमा पर्ने करिब करिब पक्का जस्तै देखिएको छ ।

Jhada

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय