काठमाडौं – च्याम्पियन्स लिगका क्वार्टर फाइनलका दुवै खेलमा रोमाञ्चक बराबरीको नतिजा आएको छ । रियल मड्रिड र म्यान्चेस्टर सिटी खेलमा ३-३ को नतिजा निस्केको छ भने बार्यन म्युनिक र आर्सनलबिच २-२ को नतिजा निस्केको हो ।
सिटीले सुरुवतीा अग्रता जोगाउन नसक्दा रियल मड्रिडसँग बराबरीमा रोकिएको छ। सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न खेलमा सिटी घरेलु टोली रियलसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।
खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई शुरूआती अग्रता दिलाए । १२औँ मिनेटमा रियल खेलमा फर्कियो।
एडुवार्डो कामाभिन्गाले डीबक्स बाहिरबाट गरेको प्रहार सिटीका डिफेन्डर रुबेन डियासलाई लाग्दै गोलमा परिणत भयो।
१४औँ रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाए। उनले भिनिसियस जुनिअरको पासमा गोल गरे। ६६औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए। उनले जोन स्टोन्सको पासमा गोल गरे।
त्यसको पाँच मिनेटपछि जोस्को ग्वार्डियोलले गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए।
तर, ७९औँ मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गरे र खेल ३-३ मा सक्काए।
उता आर्सनलले पनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । बाँकि दुई खेल आज राति १२:४५ मा हुनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal