नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग ६९ रनले पराजित भएको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात गरेपनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो ।

यससँगै वल्भ्सले सिरिज ३ – ० ले क्लिन स्विप गर्यो । वल्भ्सले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।

वल्भ्सले यसअघि टि२० सिरिज २- १ ले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय