काठमाडौँ- पहिलो पटक भएको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टसले चुमेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुरले ५ विकेटले पराजित गरेको हो।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १८४ रन बनाएको थियो।
जकपुरले १९.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा सुदूरले दिएको टार्गेट चेज गरेको हो।
खेलमा जनकपुरका लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए। आशिफ शेखले ३३ रन बनाएका थिए। मोहम्मद मोहसिनले ९ रन र जेम्स निसमले ४ रन मात्र बनाउन सके।
बलिङतर्फ स्कट कुगेलेइन, दीपेन्द्रसिंह ऐरी,साइफ जाइब र इशान पाण्डेयले समान एकएक रन लिएका थिए।