dengue

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न बिहानैदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइँचो लागिरहेको छ। दिउँसो १२:३० बजेपछि सुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन्।

फाइनलका लागि बिहीबार नै सबै टिकट बिक्री भइसकेका छन्। टिकट लिएका र नलिएका दुवै खाले दर्शक मैदानबाहिर भने ठूलो संख्यामा पुगेका छन्। दर्शक आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न आफ्नो टोलीको झण्डा/ब्यानरसहित छन्।

Jhada

सुरक्षाका लागि खेल स्थलमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन्। दर्शकको बाक्लो उपस्थितिका कारण त्रिवि मैदानबाहिर धुलाम्य भएको छ। यसअघिका खेलमा करिब १५ हजार दर्शक सहभागी भएका थिए।

जनकपुरको टिममा आशिफ शेख छन्। सुदूरपश्चिममा उनका दाजु आरिफ शेख छन्। पहिलोपटक भइरहेको एनपीएल फाइनल दाजुभाइको भिडन्त हुन लागेकाले केही समर्थकले यसलाई दाजुभाइको महाभिडन्त भन्ने गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय